सरकार र डा केसीका प्रतिनिधबीच वार्ता सुरु

काठमाडौं । अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ ।

डा.केसीको मागको विषयमा छलफल गर्न सरकारी वार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बिहीबार बिहान साढे १० बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो ।

वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनाली गरेका छन् भने केसीको प्रतिनिधिकहरुको नेतृत्व डा. जीवन क्षेत्रीले गरेका छन् ।

सरकारले हिजो सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन्।

डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षेत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button