विप्लव समूहका हुम्ला जिल्ला सेक्रेटरी पक्राउ

सिमकोट । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का हुम्ला जिल्ला सेक्रेटर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले विप्लव समूहका जिल्ला तहका एकजना नेता पक्राउ परेका जनाएको छ । प्रतिबन्धित विप्लव समूहले भने प्रहरीले आफ्ना जिल्ला सेक्रेटरीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विप्लव समूहका हुम्ला जिल्ला सेक्रेटरी कुम्ब बुढा छन् । प्रहरीले उनलाई जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट बुधबार राति पक्राउ गरेको हो ।