भेरी अस्पतालका १५ कर्मचारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

नेपालगञ्जस्थित भेरी अस्पतालका १५ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ हिनामिना भएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिसनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा १६ लाख १३ हजार ९ सय स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको आरोपपत्रमा उल्लेख छ।

अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा आर्थिक वर्ष ०७६/७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १६ लाख १३ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले उनीहरुसँग एक लाख ६६ हजार ५ सय मूल्य बराबरको मोबाइल तीन थान समेत जफत गर्न माग गरेको छ। बाँकी बिगो १ लाख ३२ हजार ५ सय ९५ असुल उपर गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै ११ वटा फर्मका सञ्चालकलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुलाई एक लाखदेखि २० हजारसम्म जरिवाना गर्न माग गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button