प्रस्तावित राजदूत विरुद्ध संसदीय समितिको उजुरी आह्वान

काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ ।संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।
बुधबार बसेको समिति बैठकले बिहीबारबाट लागु हुने गरी अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य-सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
संसदीय समितिको कार्यविधि २०७५ को दफा १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाका अलावा पनामा, कोस्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै पूर्वमुख्य-सचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानिया, जाम्बिया, जिम्बावे, ज्ञावेनलगायत देशका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफरिस गरेको छ ।