बैजनाथको सडकमा चरम लापरबाही, १ वर्षमै कालोपत्रे गायब
ठेकेदारलाई मस्ती, स्थानियलाई भने सास्ती

बाँके, किशोर शाही / नेपालका विभिन्न ठाउँमा सडक निर्माणको लागि खरबौं बजेट विनियोजन गरेता पनि निर्माण गरिएका कैयौं सडकहरु एकमहिना ६ महिना एकवर्ष नपुग्दै जीर्ण हुँदै जान्छ ।
नेपाली जनताको पसिनाको करबाट विनियोजन गरिएको बजेटमा विभिन्न तह र तप्कामा भ्रष्टाचारको हाली मुहाली हुन्छ यसमा त झनै सबैभन्दा बढी चलखेल मुख्यगरी राजनीतिक दल ठूला ठूला कन्स्ट्रक्सन ठेकदार प्राविधिक र निजका गुन्डा र मुन्द्रेहरु र कर्मचारीहरूको पेट भर्ने ठेक्का हुन्छ।
बजेटको दुरुपयोग भएर निश्चित निर्माण परियोजनामा धक्का पुग्न गई रकम अपुग भएको बहानामा सडकमा कच्चापदार्थ देखि लगेर विभिन्न सामानहरु गुणस्तरहीन हालेर बनाउँछन् यसैकारण नेपालका अधिकांश सडकहरुको अबस्था ६ महिना वर्षदिन नपुग्दै जीर्ण भएको छ तसर्थ कुनै पनि विकासको योजना दीर्घकालीन हुनुपर्ने हुन्छ त्यसको अवस्था हेरेर दीर्घकालीन बलियो र भरपर्दो हुनुपर्ने हुन्छ तर हामीले नेपालको सन्दर्भमा हेरेउ भने सबै ठाउँमा भ्रष्ट नियतिका कारण विकासका कयौं कार्यहरूमा लापरवाही भएको देखिन्छ ।
यसै सन्दर्भको एउटा नमुना बिकराल स्वरुप हो बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न २ र ६ को च्यामा हुँदै सम्झना सैनिक सडकखण्ड जुन प्रदेश सरकारको आयोजनामा निर्माण गरिएको कालोपत्रे एक वर्ष नबित्दै सडकको अवस्था दयनीय जिर्ण बन्दै गएको छ ।
यो सडकबाट धेरै जना स्थानीयबासीले दैनिकी सास्ती भोग्दै आएका छन भने स्थानीयहरु यो कुरुप अवस्था देखेर आक्रोशित समेत भएका छन् । बर्सेनि मर्मत सम्भार गर्न भनी पुर्वाधार विकास कार्यालय नेपालगन्जले मर्मत सम्भारको ३४ लाख बराबरको जिम्मा लिएता पनि कुनैपनी मर्मत सम्भार नभएको जन गुनासो छ ।
स्थानीय गोबिन्द शर्माका अनुसार,” यो बाटो बनेको हो तर उपयुक्त दङ्गले बन्नुपर्ने हो महिना दिन वर्ष नपुग्दै यो बाटो यस्तो जिर्ण हुने उपभोक्ताले उपभोग गर्नपनि कठिन हुने अवस्था छ यस्तो बाटो बनाउनु भन्दा नबनाउन ठिक हुने,” उनी बताउछ्न ।
लकडाउनको समयमा मालवाहक ट्रक टिप्पर दैनिक रुपमा त्यही बाटोमा निरन्तर हिडिरहेका कारणले गर्दा यो बाटोको अवस्था नाजुक भएको स्थानीयको जनगुनासो छ ।
त्यस्तै अटो चालक चक्र बहादुर सुनारका अनुसार,”बाटो जिर्ण भएको कारणले गर्दा सवारी साधन चलाउन समस्या भैइरहेकोले आफुहरुलाई दिनदिनै असहजता भएको छ, बाटो राम्रो हुँदा १५ मिनेटमा च्यामा देखि सम्झाना बजार पुग्थ्यौ भने अहिले ४५ मिनेटसम्म लाग्ने गरेको उनी सुनाउछन् ।
बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले यो च्यामा सडकखण्ड आफुहरु निर्वाचित हुनु भन्दा पहिले नै निर्माण भएको बताउनुभयो । “यो सडक प्रदेशस्तरीय सडकमा पर्ने भएकोले प्रदेश सरकारले मर्मत गर्न भनी ४० लाख रुपैयाँ विनियोजन गरेको छ; यद्यपि हाम्रो भुगोल भित्र वडा न २ र ६ मा पर्ने उनले बताए ।
उनका अनुसार बुधबार मात्र आफुहरुले कार्यपालिकाको बैठकबाट कुरा उठाएका र बाटोमा आवतजावत नै गर्न गाह्रो भएपछि सामान्यतया पालिकास्तरको मर्मत सम्भार कोष बाट मर्मत गर्ने र आफुहरुको मर्मत सम्भारको लेभल भनेको आवगमन गर्ने, सडक सुचारु गर्ने मात्र भएको बताउनु भयो ।
स्थानीयका अनुसार मुख्य गरि बाटो बिर्गिनुको कारण लोड टिप्परहरुको छ र नजिकै क्रसर उधोग भएकोले बाटो बिग्रेको हो र स्थानीयले टिप्परहरुलाई र क्रसर उधोगलाई यहाँबाट अन्त सर्न भनेता पनि उल्टै धम्की र घर घेर्न समेत आउने गरेको हामीलाई बताए ।
बैजनाथ गाउपालिकाका अध्यक्ष ठकुरीले पालिकाले कालोपत्रे नगर्ने तर कालोपत्रे र पिच गर्ने काम प्रदेश सरकारको जिम्मेवारी भएको बताउनु भयो ।
उनका अनुसार उक्त सडक भत्काएर नयाँ कालोपत्रे गर्नको लागि बजेट नभएको संकेत छ । त्यही सडकको लेभललाई व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले ४० लाख छुट्याइएको भएता पनि च्यामा देखि सम्झनासम्म काम गर्ने कुरा भएको र तत्काल बाटो मर्मत सम्भारको लागि वडा नम्बर २ र ६ लाई दुई खण्ड बनाएर प्राबिधिकमा पनि स्टेट्मेन्ट पठाइसकेकोले अब काम तत्काल सुरु गर्ने बताए ।