बागेश्वरी यातायात समितिको दादागिरी, सवारी चालकलाई निर्मम कुटपिट

यमु कडेल/ बाँके । नेपालगन्जबाट ९ जना यात्रु बोकि धनगढी जान लागेको बा २ ख ४०१४ नम्बरको हाइसका सवारी चालकलाई कुटपिट गरि लुटपाट गरेका छन् ।

बुधबार साझ ४ बजे कोहलपुर कृषि चोक नजिकै गाडी रोकिएको समयमा बागेश्वरी यातायात समितिका केही केटाहरुको समुहले जबर्जस्ती तानी काउन्टर भित्र लगेर मरणासन्न हुने गरि गाडी चालक गणेश भट्टलाई कुटपिट गरि लुटपाट गरेको हो ।

Pics by: Kishor Shahi

कोहलपुर बसपार्कको किन पास चिट नकाटेको ? भन्दै पैसा माग्नुको सट्टा कुटपिट गरि चालकले घाटीमा लगाएको सुन, खल्तीमा भएको २० हजार पैसा, हातको घडी, गाडीको चाबि र गाडीको ब्लुबुक समेत लगिएको सवारी चालक भट्टले बताए।

अन्यत्रबाट आएको गाडी बसपार्क भित्र न छिरीकनै बाइपास हुँदा कुनै पनि रोयल्टी चिट नकाट्ने प्राबधान हुँदा हुँदै पनि बसपार्क देखि १०० मिटर टाढा आइसकेको गाडीलाई जबर्जस्ती कुटपिट गरेको सहचालकले रातोपाटी न्युजलाई बताए ।

घटनामा सम्लग्न समुहका एकजनालाई नियन्त्रणमा लिइ हिरासतमा राखेको र पीडितको माग अनुसार तत्काल कानुन अनुसार कारबाही गर्ने इलका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले बताउनु भयो।

अहिले सवारी गाडी भने बेवारिसे अवस्थामा कृषि चोक नजिक छोडिएको र सवारी चालकको उपचार नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आकस्मिक वार्डमा भै रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button