प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोनामुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोनामुक्त भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सल्लाहकारत्रयको पछिल्लो रिपोर्ट नेगेटिभ आएको जनाएका छन् ।

गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवमा कोरोना पोजेटिभ देखिएको थियो । एक साता नबित्दै सल्लाहकारत्रयको रिपोर्ट नेगेटिभ आएको हो । प्रमुख स्वकीय सचिवको रिपोर्टबारे भने थापाले केही उल्लेख गरेका छैनन् ।

कोरोना संक्रमित सल्लाहकारको कन्ट्रयाक्ट ट्रसिङमा परेका परिवारका सदस्यसहित सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी पनि थापाले फेसबुकमार्फत दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button