बाढीपीडितलाई रिटर्नी माईग्रेन्ट नेपालले सहयोग

अविरल वर्षापछी आएको पहिरोका कारण बिस्थापित जुगल गाउपलिका २ लिदिका बाढीपहिरो पीडितलाई ३५ पिस पछ्यौरा तथा ५० पिस ब्लान्केट सहयोग गरिएको छ ।
रिटर्नी माईग्रेन्ट नेपाल र लायन्स कल्बको सहयोगमा बिहिवार राहत सहयोग वितरण गरिएको हो । रिटर्नी माईग्रेन्ट नेपालकि केन्द्रीय कोषाध्यक्ष तथा बागमती प्रदेश संयोजक अजिता ठकुरीले सो सहयोग वितरण गर्नुभयो ।
कोषाध्यक्ष ठकुरीले सिन्धुपाल्चोकले धेरै प्राकृतिक विपत्तिको सामना गर्नु परेकोले यो विपद्मा हाम्रो सहयोगले थोरै भएपनि पीडितलाई राहत मिल्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाले काठमाण्डौ देखि जुगलसम्म यातायातको ब्यबस्थापनमा सहयोग गर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष देव प्रसाद बानिया लगायतलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा जुगल गाउँपालिकाका वडाअध्यक्ष, इन्द्रावती गाउपालिकाका वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको रोहबरमा स्थानीयको बाक्लो उपस्थितिमा वितरण गरिएको थियो । लिदी पहिरोबाट करिब २९ घर पूर्णरुपले क्षति भएको साथै १७२ जना पीडित र ३९ जनाको दुखद निधन भएको थियो ।