बैतडी: जिप दुर्घटना हुँदा ५ जना घाइते

२०७७ असोज २३ / बैतडीमा शुक्रबार जिप दुर्घटना हुँदा ५ जना समान्य घाइते भएका छन् ।
पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिपमा सवार १० जना मध्ये ५ जना समान्य घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । जिप सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ भने घटनाको कारण भने खुल्न सकेको छैन् ।