मन्त्रीसहित सरकारी वार्ता टोली बालुवाटारमा

काठमाडौं । अनसनरत डा.गोविन्द केसीसँगको वार्ताका लागि सरकारद्वारा गठित वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको छ।

यसअघि शुक्रबार राति केसी पक्षधर टोलीसँग भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि सरकारी टोली वालुवाटार पुगेको हो।

शनिबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेको सरकारी टोलीमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल पनि सहभागी छन्।

यता डा.केसीद्वारा गठित टोलीले भने सरकारले वार्ता नचाहेको र डा.केसीको ज्यान लिने नियत राखेको जनाएको छ।

विगत २७ दिनदेखि अनसनरत डा केसीको पक्षमा देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

२७ देखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताएका छन्। सरकारी वार्ता टोली र डा.केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button