आज एकैदिन ५ हजार बढी संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज उपत्यकामा मात्रै २ हजार ६ सय ७२ संक्रमित थपिएका छन्।
२४ घन्टामा काठमाढौंमा २१ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै आज १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ।
यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३० हजार ८ सय १८जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।