थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।