शिक्षामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री पोखरेलमा कोभिड-१९ पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री पोखरेलमा कोरोना संक्रमणका लक्षण समेत देखिएका छन्।

ज्वरो आएपछि शनिबार पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो।

कोरोना पुष्टि भएका मन्त्री पोखरेल अहिले अस्पतालकै आइसोलेसनमा छन्।

केहि दिन यता उनको सम्पर्कमा आएकाका सबैलाई सतर्क र सुरक्षति रहन मन्त्री पोखरेलको सचिवालयले अनुरोध गरेको छ।

यसअघि शनिवारमात्रै पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button