कैलाली प्रहरी प्रमुख जबरालाई थप उपचारका लागि काठमाडौं लगियो

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरालाई उपचारका लागि काठमाडौँ लगिएको छ।
कोरोनाका लक्षण देखिएपछि जबरालाई आइतबार बिहान एम्बुलेन्स मार्फत काठमाडौँ लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
उनमा लक्षण देखिएपछि प्रहरी अस्पतालमा उपचारका लागि लगिएको प्रबक्ता सिंहले बताए। एसपी जबरालाई असोज २० गते संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि जबरा जिल्ला प्रहरी कार्यालयमै आईसोलेसनमा बसेका थिए।