लिदि पहिरो पीडितलाई होप मिसन नेपालको सहयोग

अविरल वर्षापछी आएको पहिरोका कारण बिस्थापित जुगल गाउँपालिका-२ लिदिका पहिरो पीडित १०० घरपरिवारलाई १०० वटा म्याष्ट्रिस र ३०० वटा स्यानिटेरी प्याड सहयोग प्रदान गरिएको छ ।

होप मिसन नेपालको सहयोग तथा वडाध्यक्ष प्रताप लामा, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका स्वयमसेवक लगायतका प्रतिनिधिको रोहवरमा आइतबार लिदी पहिरोपीडित १०० घरपरिवारलाई होप मिसन नेपालका संस्थापक कार्यकारी निर्देशक सुरेश कुमार योञ्जन, पत्रकार निरोज तोलाङे र समाजसेवी कृष श्रेष्ठले राहत सहयोग वितरण गरिएको हो ।

संस्थापक कार्यकारी निर्देशक योञ्जनले सिन्धुपाल्चोकले यो वर्षमात्रै धेरै प्राकृतिक विपत्तिको सामना गर्नु परेकोले जुगल गाउँपालिका वडा नं. २ लिदी पहिरोबाट विस्थापित १०० परिवारलाई यो जाडो मौसममा न्यानो भई आरामसाथ सुत्नका लागि सहयोग गरिएको बताउनुभयो । उहाँले यो विपद्मा संस्थाको सहयोगले थोरै भएपनि पीडितलाई राहत मिल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी जुगल गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप लामाले सहयोगी संस्थालाई धन्यवाद दिनुँहुँदै अहिले लिदीका पहिरोपीडितलाई पु-याएको यस सहयोग आफू र लिदीबासीहरुले कहिल्यै नर्बिसिने बताउनुभयो ।
सहयोग पाएपछि लिदी पहिरोमा आफनो ६ जनाको परिवार गुमाएकी लालमाया दोङले सहयोगी संस्थालाई धन्यवाद दिनुहुँदै थप सहयोगको आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलका–२ लिदीमा गत साउन ३० गते शुक्रवार गएको भिषण पहिरोबाट करिब २९ घर पूर्णरुपले क्षति भएको साथै १७२ जना पीडित र ३९ जनाको दुखद निधन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button