कर्णाली प्रदेशमा देखिएको राजनीतिक गतिरोधबारे छलफलमा जुटे ओली–प्रचण्ड

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आफ्नै पार्टीका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक गतिराेधबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ ।
प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता शू भएको हो । आइतबार नेकपाकै १८ जना सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
केन्द्रमा पार्टी एकताको प्रक्रिया लगभग टुंगोमा पुग्ने लाग्दा कर्णाली प्रदेशमा आन्तरिक विवाद बढ्दै गएपछि ओली र प्रचण्डबीच त्यस विषयमा छलफल भएको हो ।
यसअघि पनि ओली र प्रचण्डबीच संघीय सरकारको मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा छलफल हुँदै आएको थियो । दुई अध्यक्ष दशैं अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने गरी नयाँ थपिने र हट्ने मन्त्रीको सूची तयार गर्ने अन्तिम चरणमा रहेका बताइएको थियो ।
तर, आइतबार कर्णालीको विषय आएपछि दुई अध्यक्षको छलफल पनि कर्णालीको विवाद मिलाउन केन्द्रित भएको अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।