अस्पतालको बेडबाट सहयोगको अपिल गर्दै मिर्गौला पीडित हस्त बहादुर शाही

किशोर बहादुर शाही, बाँके / कोहलपुर नगरपालिका-५ शान्तिनगर निवासी मिर्गौला पीडित हस्त बहादुर शाहीेले सबैसँग आर्थिक सहयोगको अपिल गरेका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हप्ताको २ पटक डाइलोसिस गराईरहेका शाहीको दुवै मिर्गौलाले काम नगर्ने भएको छ । हाल उनी लकडाउनको प्रभाव र आर्थिक अभावका कारण उपचार गर्न नपाई विगत दुई वर्ष देखि जीवन र मृत्युको दोशादमा दिनहरु बिताइरहेका छन ।
बिगत ३ वर्ष अगाडि पहाडबाट बाँके आँउदा एक्कासी ज्वरो आए जस्तो भयो अनि उनि अस्पताल पुगेर भर्ना भएका थिए, उनको उपचार गर्ने क्रममा डाक्टरहरुका अनुसार दुवै मिर्गौला फेल भएकोले डाक्टरहरुको सल्लाह अनुसार नै आफूसँग भएको गाडी, जग्गा जमिन समेत बेचेर उपचार गर्न काठमाडौ गए । बिरामीकै क्रममा सुरुमा उपचारका लागि काठमाडौ प्रहरी अस्पतालमा गएका थिए सिमित पैसाले मिर्गौलाको उपचार नहुने भएपछी निराशाको ठूलो भारी बोकि उनी काठमाडौबाट पुनः कोहलपुर फर्किए ।
उपचार गर्ने पैसा नपुगेकै कारण गाउँ, समाज छरछिमेकी आफन्तजन र विभिन्न संघसंस्थामा हार गुहार गरेर सहयोगको अपिल गर्दा पनि कतैबाट पनि आशा लाग्दो प्रतिक्रिया नआउदा अन्ततः छिमेकीसँग हात जोडेर ऋण मागेता पनि रकम अपुग भएको शाहीले बताउनुभयो । अस्पतालबाट मिर्गौला किनेर ल्याउँदा रकम नपुग हुने भएकोले उनको श्रीमतीले आफ्नो एउटा मिर्गौला दिन्छु र मिर्गौला प्रत्यारोपणको लागि थप १० लाख बराबरको खर्च लाग्ने उनको भनाइ छ ।
एकपटक मिर्गौला प्रत्यारोपण गर्नको लागि काठमाडौमा जाँदा वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको कारण हस्पिटलमा आफ्नो पालो आएको भएपनी हाम्रै भोटले माथि पुगेका महामहिम शासकको कारणले त्यो बेला पनि मिर्गौला प्रत्यारोपणमा ठूलो धोका भएको मिर्गौला पीडित शाहिले रातोपाटी न्युजलाई जानकारी दिए ।
सरकारी निकायका विभिन्न ठाउँमा सहयोगको लागि हारगुहार गर्दा कुनै पनि सहयोग नभएको झन उल्टै हेपाहा प्रवृतिको व्यवहार गर्ने काम हुन्छ त्यसले हामी जस्ता ठुला दीर्घरोगीको मनोबल, मानसिक तनाब गराएको भन्दै शाहिले गुनासो गरे ।
कोभिड १९ को कारणले गर्दा विगत ६ महिना देखि नेपाल पुरै लकडाउन भएको थियो । अहिले केही हदसम्म सहज वातावरण भई अस्पतालमा सबै रोगहरुको उपचार गर्न सुचारु भएता पनि मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल अहिले सम्म सुचारु नभएको पीडितकि श्रीमतीले गुनासो गरिन् ।