सञ्चार गृहबाट पीडित पत्रकारको प्रश्न ‘खै सरकार कता छ ?’

काठमाडौँ । सञ्चार गृहबाट पीडित भएका पत्रकारले बालुवाटारमा थाल ठटाएर बिरोध प्रदर्शन गरेका छन् । पत्रकार तथा कर्मचारीहरु सरकार खोज्न भन्दै थाल ठटाउँदै बालुवाटर पुगेका हुन् ।

नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समिति तथा सञ्चारगृहका पीडित पत्रकाररकर्मचारी संयुक्त संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो । उनीहरुले ‘खै सरकार कता छ ?’ भन्ने प्रश्नसहितका ब्यानर बाकेर प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले कानून नमान्ने सञ्चारगृहको सूचि सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएको र सञ्चालकहरुबाट पत्रकार तथा कर्मचारी महामारीको यो समयमा थप मारमा परेको तर सरकारले भने कानून कार्यान्वयनमा चासो नदेखाएको भन्दै प्रदर्शन गर्नु परेको आन्दोलनकारीको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button