नेपाल राष्ट्र संघको मानव अधिकार परिषद सदस्यमा पुनः निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघअन्तर्गत मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।
मंगलबार राति राष्ट्र संघको मुख्यालयमा भएको मतदानमा नेपाल पुन: सदस्यमा निर्वाचित भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मंगलबार क मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।
एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।