कात्तिक ७ पछि विदेशी च्यानलमा विज्ञापन बन्द : सञ्चार मन्त्रालय

काठमाडौं । सरकारले कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन नपाइने जनाएको छ।

एक सूचना मार्फत सूचना तथा सञ्चार मन्त्रालयले कात्तिक ७ बाट क्लिन फिड लागू हुने स्पष्ट पारेको छ। यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानूनी व्यवस्था छ।

मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएकोमा आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ।

क्लिनफिड लागू भएपछि नेपालको बिज्ञापन बजार २०औ अर्बको हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button