जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, प्रहरीसहित एक दर्जन घाइते

सर्लाही । दलित हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको टोली र प्रहरीबीच झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन् ।

गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल(टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको थियो।

त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।

बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा सिसा फुटेका छन्।

आफूहरुले भीड नियन्त्रण गर्न लाठी चार्ज गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले बताए ।

मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न मागिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button