नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सर्‍याे

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सरेकाे छ।

विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै यही चैत्र २८ र २९ गते हुने भनिएकाे चुनाव स्थगित गरिएको नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार महासंघको चुनाव आगामी जेठ ७ र ८ गते गर्ने गरी स्थगित गरिएको हो सरकारले कोरोना भाइरसबाट जोगिन २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेकाले चुनाव स्थगित गरिएको उनले बताए। उनले भने, ‘चुनावमा अवश्य पनि बढि जमघट हुन्छ नै। सरकारले सबैको सुरक्षाका लागि निणर्य लिएको छ। अहिले सरकारलाई साथ दिन जरुरी छ।’

ढकालले महासंघको आगामी चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button