कोरोनालाई कारण देखाउँदै प्रचण्ड, माधव र झलनाथलाई मन्त्रीहरुको शपथमा बोलाइएन !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा)का शीर्ष नेताहरु तथा तीन पूर्व प्रधानमन्त्री नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् ।

कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

यस्तै झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् भने प्रचण्ड र नेपाल कोरोनालाई कारण देखाउँदै सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

कोरोनाको महामारीका कारण जमघटमा कडाइ गरिएकाले नआई नहुने व्यक्तिहरू बाहेक शपथग्रहणमा अरू कोही सहभागी नुहने राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरु मात्रै शपथग्रहणमा सहभागी हुनेछन् ।

निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूलाई शपथग्रहणमा बोलाइएको छैन । नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि शपथ ग्रहणमा बोलाइएको छैन ।

‘कोरोना माहामारी छ । यस्तोबेला भिडभाड गर्नु राम्रो होइन,’ दुवै नेता निकट स्रोतले भन्यो, ‘नजाँदा खासै फरक नपर्ने देखेर नजाने निष्कर्षमा पुग्नुभएको हो ।’

मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्नुका साथै दुई जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।

विष्णु पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लिलानाथ श्रेष्ठल महिला तथा बालबालिका मन्त्री नियुक्त भएका हुन् ।

त्यस्तै यसअघि महिला तथा बालबालिकाको जिम्मेवारीमा रहेका पार्वत गुरुङ सञ्चार र रक्षा मन्त्री रहेका इश्वर पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा परिवर्तन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button