प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिमण्डलमा हेरफेर तथा ३ नयाँ सदस्य थपेपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। बैठकका भने एजेन्डाबारे केही खुलाइएको छैन।

प्रधानमन्त्री ओलीले हिजोमात्रै मन्त्रिपरिषद पूनर्गठन गरेका थिए ।

जसमा नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रालयको जिम्मेवारी भने खोसिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button