बैतडीबाट दार्चुला जोड्ने गोकुलेश्वरको पुल जीर्ण बन्दै

बल्देव सिंह नायक, बैतडी । सडक मार्गबाट दार्चुला जिल्ला जोड्ने एकमात्र गोकुलेश्वर पुल जीर्ण बनेको छ।

विसं २०५८ मा निर्माण पूरा भएको पक्की पुल समयमै मर्मत तथा संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो ।

सडक कार्यालयले करिब ५ करोड लागतमा निर्माण गरेको पुल झण्डै १ सय २० मिटर लामो रहेको छ ।

पुलका ३ वटा पिलरमध्ये मध्यपिलर उखेलिन थालेको छ भने पिलर एक मिटर तल झरेको छ । वरिपरि हुनुपर्ने सुरक्षा पर्खाल नहुँदा उखेलिने क्रम बढेको छ ।

प्राविधिकका अनुसार नदीको बीच भागको पिलर सुरक्षाका लागि पानीको सतह माथिसम्म सुरक्षा घेरा आवश्यक हुन्छ । तर, नदीले एक मिटरभित्र पु-याउँदासमेत सरोकारवालाको ध्यान गएको छैन ।

बैतडीको डिलाशैनी गाउँपालिका-६ र दार्चुलाको शैल्यशिखर नगरपालिका-९ जोड्ने चौलानी नदी माथि निर्माण गरिएको उक्त पुल दार्चुला जिल्ला जोड्ने एक मात्रै मोटरपुल हो ।

यसै पुल भई दैनिक दर्जनौं गाडी आउजाउ गर्ने गर्छन् । दार्चुला जिल्लाका लागि दैनिक उपभोग्य सामाग्री सहित विकास निर्माणका सम्पूर्ण सामाग्रीहरू यसै पुल भएर जिल्ला भित्रिने गर्दछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button