उपप्रधानमन्त्री पोखरेलको बहाली

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन।

यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए।

प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैले सम्हालेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button