बैतडीः पहिलो पटक यात्रु लिएर पाटन आउदै समिट एयरको बिमान

बलदेव सिंह नायक, बैतडी । बैतडीको पाटन बिमानस्थलमा आज पहिलो पटक यात्रु लिएर समिट एयरको बिमान आउने भएको छ ।
बिहान साढे ९ देखि १० बजेको बिचमा धनगढीबाट बैतडीका लागि यात्रु लिएर पाटनका लागि उड्ने समिट एयरले जनाएको छ ।
पहिलो पटक आज १८ यात्रु लिएर पाटनकालागि आउने तयारी भईरहेको छ।
अब देखि नियमित मंगलबार धनगढी पाटन उडान हुने धनगढी बिमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिनुभएको छ।
१७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने धनगढी बिमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिनुभएको छ । यस अघि पहिलो पटक बिहिबार आउने भनिको थियो ।
आन्तरिक कारण देखाउदै समिट एयरले पहिलो पटक शुक्रबार आउने र त्यसपछि नियमित उडानमा मंगलबार आउने बताएको थियो ।