संकटकालीन आर्थिक कोष स्थापना गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरसका कारण आउनसक्ने परिस्थितिलाई ध्यान दिँदै संकटकालिन आर्थिक कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राप्रपाको आज बसेको सचिवालय बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिइ रहेको खतरापूर्ण अवस्थालाई ध्यानमा राख्तै आम जनसमुदायलाई संभावित खतराबाट जोगिनका निम्ति सचेत गराउने पनि राप्रपाको निर्णय छ । यो अन्योलपूर्ण परिस्थितिको नाजायज फाइदा उठाउँदै बजारमा महंगी, कालोबजारी मूल्यबृद्धि र कृत्रिम अभाव सिर्जना भएकोमा यसको निराकरणका लागि राप्रपा सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै त्यस समस्याबाट आगामी दिनमा आइ पर्ने सम्पूर्ण संकटहरुको चुस्त व्यवस्थापन गर्नको निम्ति सरकार तयारी रहन आग्रह गर्दछ,’’ बैठकको निर्णय छ,
परिस्थितिका गाम्भिर्यतालाई दृष्टिगत गरेर देशमा संकटकालिन आर्थिक कोष को व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ ।

कोरोनाको कहरबाट प्रभावित न्यून आयका ज्याला र मजदुरीको भरमा जीवनयापन गर्ने वर्ग र समुदायको प्रकोप अवधिभरको जिविकाको लागि गाँस, बाँस र औषधिको व्यवस्था गर्न पनि राप्रपाले सरकारसँग प्रस्ताव गरेको छ ।


कोरोना भाइरसको प्रकोपका कारण पार्टीका ठूला सभा समारोह र २५ जनाभन्दा माथिको भेला हुने सम्पूर्ण कार्यक्रम पनि राप्रपाले स्थगित गरेको छ । केन्द्रमा पार्टी एकतापश्चात् जिल्ला र स्थानिय तहको समायोजनको प्रक्रिया चैत्र मसान्तसम्म सम्पन्न गर्ने पनि बैठकको निर्णय गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button