पेन्सनका लागि बारम्बार बैंक जानु पर्ने झन्झट हट्यो

काठमाडौं । पेन्सनका लागि बारम्बार बैंक जानु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ । महालेखा नियन्त्रकको कार्यालयले गत मंगलबार सेवानिवृत्त कर्मचारीको निवृत्तभरण सम्बन्धमा जारी गरेको सूचनाबाट रिटायर्ड, त्यसमा पनि बृद्ध पेन्सनरलाई कोरोना महामारीमा पटक पटक बैंक जाने झण्झट टरेको छ ।

महालेखा र निवृत्तिभरण व्यवस्थापन कार्यालयले जारी गरेको सूचनापछि निबृत्तिभरण व्यवस्थापन कार्यालयमार्फत् बैंकहरूले यसअघि लागू गरेको ६/६ महिनामा खाता सक्रिय गराउनुपर्ने व्यवस्थामा संशोधन गरिएको हो ।

महालेखाले यहि असोज २५ गते र निवृत्तभरण कार्यालयले गत चैत २८ गते सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । पछिल्लो सूचनामा भनिएको छ ‘विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणको कारणले यसरी उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न र हाललाई २०७७ मार्ग मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयमार्फत् नै निवृत्तिभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने व्यवस्था मिलाइएको छ ।’

यसबाट नेपाल सरकारका कुनैपनि सेवानिवृत्त बृद्ध कर्मचारी महामारीमा पेन्सनको लागि सम्बन्धित बैंकको खाता सक्रिय (एक्टिभेट) गराउन बैंकसम्म धाउन नपर्ने भएको हो ।

महालेखा कार्यालयले नेपाल सरकारको सञ्चित कोष सञ्चालन गर्ने,बजेट कार्यान्वयनमा सहजीकरण गर्ने र सरकारी आयव्ययको लेखा राख्ने काम गर्छ । ऊ मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले भने सेवानिवृत्त कर्मचारीको निवृत्तिभरण वितरणको व्यवस्थापन गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button