भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं‌। भूमिगत समूह सक्रिय हुन थालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

६५ औं प्रहरी दिवशको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको बताएका हुन्।

यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिए।

‘अपराध र अपराधीको विषयमा मभन्दा यहाँहरु नै धेरै जानकार र व्यवसायिक हुनुहुन्छ। तसर्थ अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नुस्, यहाँहरुलाई मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराइने वचन दिन चाहन्छु’, गृहमन्त्री थापाले भने।

नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो गर्दै गृहमन्त्री बादलले प्रहरीलाई तेजबधभन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण आवश्यक रहेको बताए।

प्रहरी संघीय स्वरुपमा गएसँगै यसले धेरै प्रहरी कर्मचारी संगठनको अग्रगामी विकास हुने उनले बताए। समायोजनका लागि तयारी अवस्थामा रहन समेत गृहमन्त्री थापाले भने।

संगठनको सुदृढीकरण र शुद्धीकरणका लागि प्रहरी नेतृत्वले थालेको अभ्यासलाई गृह मन्त्रालयले सदैव सकारात्मक सहयोग रहने विश्वास दिलाए। प्रहरीको रासन लगायका सुविधामा समयानुकूल सुधार गर्दै लैजाने र प्रहरीको मनोबल उच्च पार्ने गृहमन्त्री थापाको आश्वसन छ।

कोरोना संक्रमणको जोखिमकाबीच पनि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संगठनप्रति नागरिकको आशाको दियो बचाइराख्न आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button