८० हजार घुससहित वन समूहका अध्यक्ष रंगेहात पक्राउ

धनगढी । वन मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीको धनगढी–११ स्थित सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद राना पक्राउ परेका छन् ।

केही दिन अगाडि सव डिभिजन वन कार्यालय तारानगर कैलालीले अवैध रुपमा काठ तस्करी गर्दै गरेको अवस्थामा चालकसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

सोही मुद्दा मिलाइदिने भन्दै वन कार्यालय तारानगर कैलालीका रेन्जर राम अवतार चौधरीले घुस मागेको सूचना अख्तियारलाई प्राप्त भएको थियो ।

प्राप्त सूचनाका आधारमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले सामुदायिक वनका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार वन समूहका अध्यक्ष रानाले रेञ्जर चौधरीले माग गरेको घुस रकम सेवाग्राहीबाट लिनका लागि बिचौलीयाको काम गरेका थिए ।

अख्तियारको टोलीले रानालाई घुस रकम लिँदै गरेको अवस्थामा धनगढीको पार्कमोडबाट पक्राउ गरेको हो । पक्राउ परेका रानामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button