वीरगञ्जस्थित भारतीय नागरिकको घरमा प्रहरीको छापा, ठूलो परिमाणमा ‘सुन’ बरामद

वीरगन्ज । पर्साको वीरगन्जमा बस्दै आएका एक भारतीय नागरिकको घरमा छापा मारी प्रहरीले ठूलो परिमाणमा पहेँलो धातु (सुन) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतका अनुसार बरामद सुनको परिमाण २० किलोभन्दा बढी छ ।
वीरगन्ज महानगरपालिका–६ बीर्तास्थित एक भारतीय नागरिकको घरमा लुकाएर राखिएको अवस्थामा सुन बरामद भएको हो । प्रहरी स्रोतका अनुसार अहिले पनि अपरेशन जारी छ । बरामद भएको सुन (पहेँलो धातु)को पनि परीक्षण भइरहेको छ ।
तस्वीर– प्रतिकात्मक