शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले हानिन ढुङ्गा

कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उद्घाटन गर्न आयोजना गरिएको सार्वजनिक कार्यक्रममै उप प्रमुख प्रेमकुमारी थापाले शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै शिलालेखमै ढुंगाले हिर्काएकी हुन ।
नगरपालिकाको नवनिर्मित वडा नम्बर ७ को भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपप्रमुख प्रेम कुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै शिलालेखमै ढुंगाले हिर्काएकी हुन ।
शिलालेखको अनावरण गरिरहेका बेला प्रहार भएपछि उप प्रमुख प्रेमकुमारी थापा र प्रमुख ममता प्रसाद चौधरी बीच हात हालाहाल भएको हो । शिलालेखमा प्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोसित बनेकी हुन् ।
प्रमुख विरुद्ध उपप्रमुख थापाले नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी हुन् । कार्यपालिकामा कुनै छलफल नगरी प्रमुखले एकलौटी ढंगले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button