कांग्रेसद्वारा चैत मसान्तसम्म क्रियाशिल सदस्यता वितरण र नविकरण स्थगित

काठमाडौं । नेपाली कांग्रेसले भोलिदेखि लागु हुनेगरी पार्टीका कार्यक्रमहरु स्थगित गरेको छ ।
कोरोनाभाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलन यसअघि नै स्थगित गरिएको भए पनि १४ औँ महाधिवेशन तयारीसँग सम्बन्धित कार्य कांग्रेसले जारी राखेको थियो । तर पछिल्लो समयमा अझ बढेको जोखिमका कारण चैत ९ गतेदेखि लागु हुने गरी चैत मसान्तसम्मका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
यस्तो छ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिः
चैत्र ८, २०७६
चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने l
१, प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए l तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् l
२, `शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म´ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ l
३, जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ l
४, सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ l
५, स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ l
जय नेपाल ।
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार एवं प्रचार विभाग