खाद्यान्न अभावग्रस्त विपन्न परिवारलाई राहत वितरण

धादिङ ।  निलकण्ठ नगरपालिका वडा नं. २, भवनघर वरपरका कामी गाउँ, दमाई गाउँ र सार्की गाउँका विपन्न ४२ परिवारहरूलाई राहतस्वरूप ४२ बोरा चामल शुक्रबार एक कार्यक्रमकाबीच वितरण गरिएको छ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसी नजिकैका बस्तीहरूमा बसोवास गर्ने अति विपन्न तथा दलित परिवार  कोरोना महामारीको कारण लम्बिँदै आएको निरन्तरको लकडाउनका कारण खाद्यान्न अभावले सङ्कटग्रस्त अवस्थामा छन् भन्ने सूचनाका आधारमा जनजागरण पार्टी नेपालले सो राहत वितरणको योजना मिलाएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता बिदुर अधिकारीले जानकारी दिए ।

सोही गाउँबाट काठमाण्डौमा बस्दै आएका दलका केन्द्रिय स्थायी समिति सदस्य कालबहादुर विश्वकर्माको विशेष पहल तथा धादिङ जिल्ला इसाई समाजका लेखबहादुर तामाङलगायत अगुवाहरूको सक्रियतामा सम्पन्न उक्त राहत वितरणका लागि पार्टीका अध्यक्ष डा. बि.पी. खनालले आर्थिक स्रोत जुटाइदिएको प्रवक्ता अधिकारीले हामीलाई बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button