देशभरका ३० हजार होटल कोठाहरु क्वारेन्टाइनलाई दिन व्यवसायीहरु तयार

काठमाडौँ- साना तथा मझौला होटल व्यवसायीहरुको संगठन होटल व्यवसायी महासंघले कोभिड १९ को नियन्त्रणका लागि सरकारले सुरक्षाको उचित प्रबन्ध गरे देशभरका होटलहरु क्वारेन्टाइन बनाउन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

होटल व्यवसायी महासंघको शनिबार बसेको बैठकले आवश्यकतअनुसार उपत्यका तथा बाहिरका होटलहरु क्वारेन्टाइनका लागि दिनसकिने निर्णय गरेको हो।

उपत्यकामा मात्र यस्ता होटलका कोठाहरु ३० हजार छन्। ठूला होटलहरुले भने आफ्नो होटल क्वारेन्टाइनका लागि सरकारले दिने घोषणा अहिलेसम्म गरेका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button