बैंकर अनिलकेसरी शाहलाई कोरोना

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ। शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

उनले केही दिनअघि आफूले गन्ध/बासना थाहा पाउन छोडेको बताएका छन्। त्यसपछि १४ अक्टोबरमा पिसिआएर गरेको थिएँ, रिजल्ट नेगेटिभ आयो। तर गन्ध थाहा नपाउने लक्षण कायम रहेकाले डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेको थिएँ।

हिजो फेरि परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ,’ शाहले लेखेका छन्। आफूलाई त्योबाहेक अरू कुनै लक्षण नदेखिएको र घरमै क्वारेन्टिनमा बसेको शाहको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button