क्षेत्रीय उपसभापतिमा तामाङ

रातोपाटी न्युज । बाह्बिसे / नेपाली कांग्रेस क्षेत्र नम्बर १ का उपसभापतिमा कांग्रेसका युवा नेता तथा सामाजिक ब्यक्तित्व राम कुमार तामाङ (कुमार) चयन हुनु भएको छ ।
शनिबार बाह्बिसेमा नेपाली कांग्रेस बाह्बिसे नगर इकाई समितिले बिजया दशमी, शुभ दिपावलीको अवसरमा गरेको चियापान तथा शुभकामना कार्यक्रममा तामाङलाई उपसभापतिमा छनौट गरिएको हो ।
स्थानीय तहको चुनावमा तामाङ बलेफी गाँउपालिकाबाट अध्यक्षका उम्मेदवार हुनु भएको थियो । उहाँ नेकाँ १ का क्षेत्रीय कार्यसमितिमा पनि हुनुहुन्थ्यो । नेपाली कांग्रेसको साँगठनिक क्रियाकलाप, पार्टी सुदुढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तामाङलाई क्षेत्रीय समितिले पार्टी उपसभापतिमा छनौट गरेको सभापति बालकृष्ण बस्नेतले जानकारी दिनु भएको छ ।
उपसभापतिमा चयन हुनु भएका तामाङले नेपाली कांग्रेस पार्टीलाई सबै जनताको सुख र दुखमा साथ दिने पार्टी बनाउने बताउनु भएको छ । देश र जनताको हितमा आफ्नो कार्यकाल खर्चिने पनि उहाँले बताउनु भएको छ । उपसभापतिमा तामाङ चयन भएपछि कांग्रेसको संगठन बलियो हुने कांग्रेसीजनले आशा राखेका छन् ।