नेपालकै कुशल पहिलाे महिला किकेट प्रशिक्षक डिलकुमारी नेपाल

शंकर श्रेष्ठ , चितवन ।  माडि नगरपालिका खेलकुद प्रशिक्षक डिलकुमारी नेपालले माडि नगरपालिकामा रहेर विभिन्न खेलहरुकाे बिकासमा निरन्तर लागि रहनु भएकि कुशल पहिलाे महिला प्रशिक्षक हुनुहुन्छ ।

सानै उमेर देखि खेलकुदसंगै पत्रकारिताकाे क्षेत्रमा ठुलाे फडकाे मारिसकेकि उनी माडीमा नै रहेर हाल खेलाडीहरुलाई प्रशिक्षण गदै आएकी छिन्। माडि बसन्तपुर युवा कलबकाे सहयोगमा माडीका विभिन्न क्लबहरुलाई उनिले प्रशिक्षण दिदै आउनुभएकाे छ।

उहाँ बिहान छ बजे देखि बेलुका छ बजे सम्म खेल र खेलकुदका बारेमै बढि समय दिने उहाँको भनाई छ। खेलेर पढाइमा कुनै असर नपने झनै शारीरिक तन्दुरुस्त साथै जुनसुकै काममा पनि अघि बढ्न सकिने नेपाल बताउँछिन् ।

बसन्तपुर युवा क्लबका अध्यक्ष पदम पनतको सक्रियतामा माडी उपत्यकाभित्रका सबै क्षेत्रमा रहेर क्रिकेटको  बिकास गने उदेश्यले सम्पूर्ण  सामाग्री माडि नगरपालिका खेलकुद प्रशिक्षक डिलकुमारी नेपाललाई आइतबार  हस्तान्तरण गरिएकाे थियाे। साथै खेलाडी समूहहरुमा ब्याट, बल, नेट समेत साे कलबले हस्तान्तरण गरिएको हाे ।

हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाकी युवा तथा खेलकूद शााखा प्रमुख नेपाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे, भने खेलकुद नगरपालिकाका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोखरेलको आतिथ्य रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button