कांग्रेस सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

दशैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । दशै भत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका थिए।

संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्न सांसदहरुबाट नै आवाज उठेको थियो। सांसदट्ठय प्रकाशमान सिंह र डिला संग्रौलाले संसदीय दलबाट औपचारिक रूपमा निर्णय गर्न सुझाएका थिए।

प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जनाईसकेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्। दसैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button