माडीका भलिवल खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण

चितवन / माडीका भलिवल खेलाडीहरुले भलिवल क्याप लगायतका खेल सामाग्री पाएका छन् ।

साहारा युथ कलबद्वारा आयोजित बडा दशैकाे शुभकामना आदानप्रदान कार्यक्रमका बीच माडि नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष रामबन्धु पाेखरेल, नगर खेलकुद प्रशिक्षक डिलकुमारी नेपालद्वारा संयुक्तरुपमा खेलाडिहरुलाई भलिवल क्याप लगायतका खेल सामाग्री मंगलबार हस्तान्तरण गरिएको हो ।

माडी नगरपालिकाको युवा खेलकूद तथा साँस्कृतिक समितिका अध्यक्ष एवं वडाध्यक्ष रामबन्धु पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भलिवल हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोखरेलले आफुले खेलाडीलाई सक्दाे सहयाेग गर्ने बताउनुभयाे । उहाले नजिकिदै आएकाे बडा दशैसँगै यस्तो सहयाेगी मन अझै बढदै जाने र आगामी दिनमा सबै खेलका लागि हरेक क्षेत्रमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने समेत प्रतिबद्दता ब्यक्त गनुभयाे ।

वडादशैकाे अबसरमा शुभकामना मन्तब्य दिदै माडी नगरपालिकाकी खेलकुद प्रशिक्षक नेपालले बडा दशैकाे शुभकामना दिदै खेलाडीहरु लगायत कलबका सम्पूर्ण खेलप्रेमीलाई धन्यवाद दिनुभयाे । त्यस्तै स्थानिय पबित्र बि.क.ले शुभकामना आदानप्रदानसंगै माडी साहारा क्लबका अध्यक्ष थापाको सक्रियतामा माडी उपत्यकाभित्रका सबै वडाका भलिवल खेलाडीहरुलाई यसरी नै सहयाेगि हातहरु अघि बढनुपर्ने बताइन ।

कार्यक्रममा युवा समाजससेवी कृष्ण बहादुर खड्का, साहारा युथ क्लबका नवीन घिमिरे, समाजससेवी एंवम् शिक्षा प्रेमि खेम नारायण पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे, भने आयोजकले भलिवल खेल सामग्री प्राप्त गरेको क्लबका प्रतिनिधीहरुले यसरि क्लबलाई सहयोग गरेकोमा सहयोगदाताहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button