मुख्यमन्त्री शाहीले बोलाए संसदीय दलको बैठक

काठमाडौं । कर्णाली प्रदेशको नेकपामा देखिएको विवाद थप पेचिलो बन्ने देखिएको छ ।

आफू विरुद्ध कर्णाली प्रदेश नेकपा संसदीय दलमा परेको अविश्वासको प्रस्तावपछि पार्टी अध्यक्षहरुको बोलावटमा काठमाडौं आएका मुख्यमन्त्री शाहीले संसदीय दलको बैठक नियुक्त गरेका सचेतक सीता नेपालीले संसदीय दलको बैठक आाव्हान गरेपछि विवाद थप पेचिलो बनेको हो ।

सचेतक नेपालीले बैठक बोलाएपछि शाही पक्षका नेताहरु कर्णाली फर्केका छन् ।

केन्द्रमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेश विवादबारे कुनै सहमति हुन नसकेपछि शाही पक्षीय नेताहरु कर्णाली फर्किएका छन् ।

अध्यक्षद्वय निर्णयमा पुग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने रणानीति बनाएको देखिन्छ ।

‘भोली ७ गते ११ बजे संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको छ ।’ नेकपा संसदीय दलका सचेतक कुर्मराज शाहीले भने,‘अब मुख्यमन्त्रीले दलको बैठकमा अविश्वासको प्रस्तावलाई सामना गर्नुहुन्छ ।’

सचेतक शाहीले अविश्वासको प्रस्ताव सामना गर्ने ७ जना सांसदले दलका नेता तथा मुुख्यमन्त्री शाही विरुद्ध पेश अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव पेश गर्ने समूह अहिले अल्पमतमा परेको छ ।’ उनले भने,‘अविश्वासको प्रस्ताव पेश गर्ने मलगाएतका ७ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका छौं ।’

आफूविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड निकट शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदसँग सहमति गरेका छन् । उक्त सहमति अनुसार सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ । नेपाल पक्षलाई थप तीन मन्त्री दिने तयारी शाहीको छ ।

नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्धअविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

जसमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद थिए । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् । तर माधवन नेपाल पक्षका ७ जना सांसदले दलका नेता तथा मुख्यमन्त्री शाही विरुद्ध पेश अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button