दार्चुलामा ६० वर्षीय वृद्धले गरे झुण्डिएर आत्महत्या

दार्चुलामा एक वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् ।

महाकाली नगरपालिका-१ मलेरा घरभई हाल महाकाली-५ मोहती बस्दै आएका अन्दाजी ६० वर्षीय दिलिप सिंह बडालले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

बुधवार राती करिब ८ बजेतिर मोहती स्थित भतिजा करन सिंह बडालको घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

घटनास्थलमा अहिले प्रहरी खटिइ मुचुल्का तयार पारी रहेको तथा पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । तस्बिर: प्रतिकात्मक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button