जेसुइतबाट खाद्यन्न सहयोग

रातोपाटी न्युज । सिन्धुपाल्चोक
कोभिड १९ महामारीमा दैनिक छाक टार्न पनि अति समस्यामा परेका सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका बिपन्न, अपांग, एकल महिला, गरीबी नागरिकहरुलाई नेपाल जेसुइत सामाजिक संस्था ललितपुरले कातिक ४ गते खाद्यन्न सहयोग गरेको छ ।
कोभिड १९ महामारीमा काम गर्न नपाएर वडा दशैं मनाउन असहज भएका बिपन्न, अपांग, एकल महिला, गरीबलाई उक्त खाद्यन्न सहयोग बरदान साबित भएको छ ।
नेपाल जेसुइत सामाजिक संस्थाका प्रतिनिधि कमल श्रेष्ठका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का बिपन्न, अपांग, गरीबीको रेखामूनि रहेका ५१ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
प्रति परिवार २५ किलो चामाल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, नुन लगायतका खाद्यन्न सहयोग गरेको सो संस्थाका प्रतिनिधि श्रेष्ठले जानकारी दिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १६९ घर र सोही जिल्लाको नमोबुद्ध नगरपालिका ११२ परिवारका बिपन्न, एकल महिला, अपांग र गरीबलाई पनि सोही परिणामका खाद्य साम्रागी राहत स्वरुप सहयोग गरिएको सो संस्थाका प्रतिनिधि श्रेष्ठले जानकारी दिनु भएको छ ।
दशैंको मुखमा खाद्य समस्याले गाँजेको बेला जेसुइत संस्थाले खाद्यन्न सहयोग गरेपछि ठूलो समस्या समाधान भएको बाह्रबिसे ४ का अपांगता भएका राजन कार्कीले खुशी ब्यक्त गर्नु भएको छ ।
राहत बितरण गर्न बाह्रबिसे नगरपालिका ४ का वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, वडा सदस्य शेखर खड्का, सहयोगी संस्थाका प्रतिनिधि कमल श्रेष्ठ लगायतको सहभागिता थियो ।