‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ्स ‘रअ’काप्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता पुष्टि भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको जानकारी दिएका छन् ।
थापाका अनुसार गोयल प्रधानमन्त्रीसँगको भेटकालागि बुधवार बेलुका बालुवाटार पुगेका थिए।
भेटका क्रममा उनले नेपल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले जानकारी दिएका छन्।
गोयलले प्रधानमन्त्रीसँग भेट गर्नु अघि प्रमु प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।