कोरोनाबाट अमेरिकामा एकैदिन ११७ जनाको मृत्यु, ९ हजारभन्दा बढी

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ११७ जनाको मृत्यु भएको छ भने जम्मा मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको छ ।

त्यसैगरी एकैदिन ९ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ४६ पुगेको छ । यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ ।

इपिसेन्टर न्युयोर्क, स्वास्थ्य सामग्री १० दिनमा मात्र पुग्‍ने !

अमेरिकाको न्युर्योकमा कोरोना भाइरसको संक्रमण थप खराब बन्ने चेतावनी सहरका मेयरले दिएका छन्।

अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल उपकरण (स्वास्थ्य सामग्री) को अभाव हुने र यसले सहरको अवस्था अकल्पनीय हुने जोखिम रहेको मेयर बिल डी ब्लासिओले बताएको सीएनएनले जनाएको  छ।

उनले भनेका छन्, “अबको १० दिनसम्मका लागि पुग्ने मात्रै स्वास्थ्य सामग्री छ, त्यसपछि ठूलो अभाव सिर्जना हुनेछ । हामीले थप भेन्टिलेटर प्राप्त नगरेमा मानिसहरु मर्ने छन् ।”

न्युर्योक राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा अहिलेसम्म ३३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा झण्डै आधा न्युर्योक राज्यमा छ । 

न्युर्योकमा शनिबारसम्म संक्रमितको संख्या चार हजार भन्दा बढी थियो, तर आइतबार यो संख्या बढेर १५ हजार १६८ भन्दा बढी पुगेको हो । विश्वमा संक्रिमत भएका मध्ये पाँच प्रतिशत न्युर्योकमा छन् । न्युयोर्क सहरमा मात्र ११४ जनाको मृत्यु भएको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या तीन लाख ३५ हजार ९९७ पुगेको छ भने मृत्यु हुनेको संख्या करिब १५ हजार पुगेको छ । – एजेन्सीहरुको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button