बन्चरो प्रहार गरि आमाको हत्या

कञ्चनपुर / बन्चरो प्रहार गरी कञ्चनपुर पुनर्वास नगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा एक युवकले आमाको हत्या गरेका छन् ।
शनिबार राती पुनर्बासका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको हुन् ।
घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
मृतकको शव परीक्षणका लागि सेती अस्पतालमा राखिएको छ भने कुटपिट गरी हत्या गर्ने पप्पुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले तत्कालै नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।