आज थप २ हजार ८५६ जनामा कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरसका २ हजार ८५६ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५८ हजार ८९ पुगेको छ । हाल ४५ ह्जार ५७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button