कोरोना भाइरसको दैनिक संक्रमण दर घट्यो, सोमबार १७४१ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ५ हजार ६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट देशभर गरी १५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा ४ हजार ५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ ।
सोमबार थप १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।