काठमाडौंमा थप ८९४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ७० हजार नजिक

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरी थप ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये ३ सय ८० जना महिला र ५ सय १५ जना पुरुष छन् ।
काठमाडौं उपत्यकामा हालसम्म कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ हजार ७ सय २० पुगेको छ ।
जसमध्ये ४७ हजार ७ सय ५४ जनामा संक्रमण मुक्त भइसकेका छन् भने २२ हजार ३ सय २९ जना सक्रिय संक्रमित छन् ।
संत्रिय संक्रमितमध्ये काठमाडौं जिल्लामा १८ हजार ३ सय ७४, ललितपुरमा २ हजार ५ सय २० र भक्तपुर जिल्लामा १ हजार ४ सय ३५ जना छन् ।